
बारा : प्रहरीले पटाकाको बहानामा विष्फोटक पदार्थ ओसार पसार गर्ने २ जना पक्राउ गरेकाे छ ।

इलाका प्रहरी कार्यालय जितपुरले चेकजाँच गर्ने क्रममा वीरगंजबाट चितवन तर्फ जाँदै गरेको ना ७ ख ६०४१ नं.को यात्रु बाहक बसमा विष्फोटक पदार्थ सहित २ जना पक्राउ गरेकाे हाे ।



जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी कृष्ण पंगेनीका अनुसार पक्राउ पर्नेमा बारा जितपुर सिमरा उप-महानगरपालिका वडा नं.५ का बारा फेटा गाँउपालिका वडा नं.१ त्रिवेणी वस्ने २८ वर्षीय लालबाबु दास र साेहि स्थान वस्ने २७ वर्षीय कन्हैया दास छन् ।

पक्राउ परेकाहरूले बसको पछाडीको डिक्की भित्र खुर्सानी भएको बोरा भित्र लुकाई छिपाई राखी लैजाँदै गरेको अवस्थामा नागिन पटका ४० बण्डल, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने गन्दक जस्तो देखिने पहेलो पदार्थ १(एक) किलो ५०० (पाँच सय) ग्राम र सुहागा जस्तो देखिने सेतो पदार्थ ६ (छ) किलो ९०० (नौ सय ) ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पक्राउ परेका दुई जनालाई बारा जिल्ला अदालतबाट विष्फोटक पदार्थ अन्तर्गत कसूरमा म्याद थप गरि अनुसन्धान भइरहेको छ ।