
झापा, कार्तिक २५ गते । झापाको दमक नगरपालिका-८ बाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा स्थानीय २८ बर्षीय अंकित कार्की र दमक नगरपालिका-७ का २८ बर्षीय अमन लिङफेक लिम्बु रहेका छन् ।
बिज्ञापन



ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोमवार राती सवा ८ बजे डाईजोपाम ८३ एम्पुल, फेनारगन ८३ एम्पुल, लुपिजेसिक ८३ एम्पुल र ३ थान मोवायल सहित दुबै जनालाई अंकित कार्कीको घरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।