
ताप्लेजुङ : संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रि योगेश भट्टराईले जिल्लाको तमोर नदीमा बन्दै गरेको ७३ मेघावाट क्षमताको जलविद्युत आयोजनाको निरीक्षण गरेका छन् ।

शुक्रबार गृह जिल्ला ताप्लेजुङ आएका मन्त्रि भट्टराईले शनिबार आयोजनाको अनुगमन गरेका हुन् ।



जिल्लाको फुङ्लिङ नगरपालिका, मिक्वाखोला र फक्ताङ्लुङ गाउँपालिकाको सिमाना भई बग्ने तमोर नदीमा निमार्णाधिनमध्ये तमोर आयोजनामा करिब दुई हजार दुई सय मिटर लामो सुरुङमार्ग बनिसकेको छ ।

आयोजनाको ३ हजार चार सय मिटर लामो सुरुङ निर्माण हुने आयोजनाका व्यवस्थापक मणिराज पोख्रेलले बताए । सो निर्माण हुने सुरुङमध्ये दुई हजार दुई सय मिटर पूरा भएको तमोर जलविद्युत आयोजनाका व्यवस्थापक पोख्रेलले जानकारी दिए ।
आयोजनाको एक हजार दुई सय मिटर सुरुङमार्ग बन्न बाँकी छ । ७३ मेघावाट क्षमताको जलविद्युत आयोजनाको टनेलको काम ४० प्रतिशत सकिएको पोखरेलले जानकारी गराए । लकडाउनका बीच पनि निरन्तर काम भएकोले प्रगति भएको आयोजनाले जनाएको छ ।
मन्त्रि भट्टराईले हिमाली जिल्ला ताप्लेजुङको सिंवा माध्यमिक विद्यालयको आईसिटी प्रयोगशालाको समेत उद्घाटन गरेका छन् । उद्घाटनपछि मन्त्रि भट्टराइले विद्यार्थी तथा शिक्षकलाई अध्ययन तथा अध्यापन गराउन यस ल्याबले सहज हुन बताए ।