कैलालीमा कुटपिटबाट हत्या गरेको आरोपमा ३ जना पक्राउ

कैलाली – कैलालीको लम्कीचुहा नगरपालिकामा एक युवकलाई कुटपिट गरि हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा स्थानीय केशव टमटा मानबहादुर चौधरी र समर चौधरी रहेका छन् ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार कैलालीको लम्कीचुहा नगरपालिका–३ का २२ वर्षीय भरत तिमल्सिनाको बिहीबार राति कुटपिट गरेर हत्या भएको थियो ।

राति १० बजेको समयमा जानकी गाउँपालिका–५ मा युवाहरुको कुटपिटबाट गम्भीर घाइते भएका तिमल्सिनाको मृत्यु भएको हो ।