सांसद राजेन्द्र लिङ्देन बिहीवारदेखि झापाका अस्पतालहरुकाे अनुगमनमा निस्किने

झापा : राप्रपा सांसद राजेन्द्र लिङ्देनले बिहीवारदेखि झापाका अस्पतालहरुकाे अनुगमनमा निस्किने भएका छन् ।

 

बिज्ञापन

काेराेना कहरबीच सामान्य र दीर्घराेगका विरामीहरुले समेत उपचार नपाई ज्यान गुमाउनु पर्ने अवस्था आइरहेकाे भन्दै लिङ्देनले कार्तिक १३ देखि अस्पतालहरुकाे अनुगमनमा जान लागेकाे बताएका छन् ।

 

सामाजिक सञ्जाल फेसबुकमार्फत लिङ्देनले जनताकाे प्रतिनिधि भएर जनताले पाइरहेकाे दु:ख हेरेर बस्न नसक्ने भन्दै झापाका मुख्य अस्पतालहरुकाे अनुगमन गर्ने उद्घाेष गरेका छन् ।

 

 

यसबाहेक उनले अस्पतालहरुका व्यवहारप्रति गम्भीर बन्न तीन वटै तहकाे सरकार, सराेकारवाला निकायकाे ध्यानाकर्षणसमेत गरेका छन् ।

सांसद लिङ्देन संसदकाे विकास तथा प्रविधिसमितिका सदस्य पनि हुन् ।

लिङ्देनले अनुगमनका क्रममा पाएका विषयलाई सरकारसम्म पुर्याउने पनि याेजना बनाएका छन् ।