कोरोना संक्रमणबाट पाँच महिनाकी बालिकाको मृत्यु

काठमाडौँ – धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

शुक्रबार साँझ ७ः५० मा उपचारका क्रममा सन्दरहरैचा मोरङकी पाँच बर्षीया बालिकाको मृत्यु भएको अस्पतालका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।

बिज्ञापन

बालिका मस्तिष्कसम्बन्धी रोगबाट ग्रसित भएको डा. श्रेष्ठले जानकारी दिएका छन् ।

मृत्यु भएकी बालिकाको नियामानुसार शव व्यवस्थापन भइरहेको अस्पतालले जानकारी दिएको छ ।