झापाको दमकमा दुर्घटना न्यूनीकरणका लागि सडक कुकुरहरुलाइ टल्किने पट्टि बाध्ने कार्य सुरु

झापाको दमकमा लियो क्लव दमक gold आयोजना र Rotract club damak लायन्स क्लव दमक gold सहआयोजना मा दुर्घटना न्युनिकरणको लागी सडकमा हिंड्ने कुकुर हरु लाई टल्किने हरियो पट्टी बाध्ने कार्य सुरु गरेको छ ।

 

बिज्ञापन

 

हिजो दमक चोकमा एक कार्यक्रम गर्दै सो कार्यको थालनी गरिएको हो । दशैँ तिहारमा सडक दुर्घटना बढी हुने भएकाले सो कुरालाइ मध्यनजर गर्दै यस कार्य को थालनी गरिएको कार्यक्रम संयोजक सन्दिप बरालले जानकारी दिए । सो कार्यक्रम एक महिना भरि चल्ने आयोजकले जनाएको छ ।

 

 

दमक नगरपालिका पशु शाखा विशेष सहयोग र मौदिप मोवाइल , झापाली इटा, सहयोगी हात नेपाल , आमा dental , ओमकार टाइम्स मिडिया गरेर बिभिन्न संघ संस्थाको सहयोग र सन्दिप चापागाई ,वीरेन्द्र बस्नेत, चैत्यन्य बराल र विभिन्न व्यक्तित्वहरुको सहयोगमा सो कार्यक्रम गरिएको लियो क्लव दमक gold का प्रेसिडेन्ट प्रवेश बास्ताकोटिले जानकारी दिए ।

 

 

इलाका ट्राफिक कार्यलय दमक का प्रमुख ट्राफिक प्रहरी नायब निरीक्षक लिला कुमार श्रेष्ठले यस्तो कार्यले दुर्घटना न्युनिकारणमा सहयोग पुग्ने भन्दै आयोजक संस्थालाई धन्यबाद दिनुभयो ।

 

 

दमक ट्राफिक प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब निरीक्षक लिला कुमार श्रेष्ठको प्रमुख आतित्यथामा भएको कार्यक्रममा लायन्स क्लव अफ दमक गोल्डका 3rd vp नविन ताम्राकार र लायन्स क्लव अफ दमक गोल्डका डा. हेमराज गैरे दमक नगरपालिका पशु शाखाका प्रतिनिधिको उपस्थिती रहेको कार्यक्रममा कार्यक्रम सयोजक सन्दिप बरालले स्वागत मन्तब्य राखेका थिए भने लियो क्लव दमक gold का  प्रेसिडेन्ट प्रबेस बास्ताकोटीले कार्यक्रम संचालन गरेको थिए ।