शिलान्यासको ५ वर्षपछि पुनर्निर्मित रानीपोखरीको राष्ट्रपतिले गरिन् उद्घाटन

काठमाडौं– पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन गरिएको छ ।

राष्ट्रपति विद्यादेवि भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन् । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्न भएपछि बुधबार उद्घाटन गरिएको हो ।

बिज्ञापन

२०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्टपति भण्डारीले नै रानीपोखरी पुननिर्माणको शिलान्यास गरेकी थिइन् ।

यसअघि गम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुननिर्माण गरिएको छ । १८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुननिर्माण गरिएको थियो ।

तर फेरी रानीपोखरीलाई आधुनिक शैलिबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलिबाट निर्माण गरिएको हो । त्यसैले शिलान्यास भएको करिब ५ वर्षपछि मात्र्र रानीपोखरी पुननिर्माणको काम सम्पन्न भएको छ ।