भीम रावलले दशैं भत्ता फिर्ता गर्ने

नेकपाका स्थायी कमिटी सदस्य एवं प्रतिनिधि सभा सदस्य भीम रावलले संसदले उपलव्ध गराएको दशैं भत्ता फिर्ता गर्ने भएका छन् ।

आइतवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै रावलले महामारीको समयमा सांसदले भत्ता लिनु हुन्न भन्नेमा समर्थन रहेको जनाएका हुन् ।

बिज्ञापन

‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो । हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनैपनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस् ।

सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ’ रावलले लेखेका छन् ।

सांसदलाई दशैं भत्ता बाढिएको समाचार पहिलो पटक लोकान्तर डटकमले शुक्रवार खुलासा गरेको थियो । सांसदलाई दशैं भत्ता बाढिएकोमा सर्वत्र विरोध भइरहेको छ ।