आईपीएल : बैंगलोर र राजस्थान भिड्दै

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शनिबार) रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ।

युएईमा जारी १३ औं संस्करणको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा विराट कोहलीको कप्तानीमा बैंगलोर र स्टिभ स्मिथको कप्तानीमा राजस्थान मैदान उत्रने छन् ।

बिज्ञापन

बैंगलोरले अघिल्ला ८ खेलमा बैंगलोरले ५ जितसहित १० अंक जोडेको छ भने राजस्थान ८ खेलमा ६ अंक जोडेको राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ ।