
काठमाडौं – विश्वभर ३ करोड ९५ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

शनिबार बिहान यो समाचार तयार पार्दासम्म ३ करोड ९५ लाख ७३ हजार ४३ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ७४ दशमलव ९३३ प्रतिशत निको भएका छन् । अर्थात् २ करोड ९६ लाख ५३ हजार ४३४ जना निको भएका छन् ।
बिज्ञापन



पछिल्लो २४ घण्टामा २ लाख ७७ हजार ५६२ जना संक्रमण मुक्त भएका छन् भने ४ लाख १२ हजार ९१७ संक्रमित थपिएका छन् ।

यस्तै एकै दिन थप ६ हजार १८५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ९ हजार ७० पुगेको छ ।