मुम्बई आईपीएलको शीर्ष स्थानमा,कोलकाता ८ विकेटले पराजित

आईपीएल/यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध मुम्बई इण्डियन्स ८ विकेटले विजयी भएको छ ।

गएराति अबुधाबीमा भएको खेलमा केकेआरले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको मुम्बईले १६.५ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

बिज्ञापन

उसका लागि क्विन्टन डीककले अविजित ७८, कप्तान रोहित शर्माले ३५, सूर्यकुमार यादवले १० र हार्दिक पाण्ड्याले नटआउट २१ रन बनाए । बलिङमा केकेआरका वरुण चक्रवर्ती र शिवम माभिले एक/एक विकेट लिए ।

त्यससअघि टस जितेर ब्याटिङ रोजेको केकेआरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन बनायो । उसका लागि प्याट कमिन्सले अविजित ५३, कप्तान इयोन मोर्गनले नटआउट २९ बलमा ३९, शुभमन गिलले २१, आन्द्रे रसेलले १२ रनको योगदान दिए ।

बलिङमा मुम्बईका राहुल चाहरले २, ट्रेन्ट बोल्ट, जसप्रीत बुमराह र नाथनकुल्टर नाइलले एक/एक विकेट लिए ।

यो जितसँगै मुम्बई फेरि शीर्ष स्थानमा उक्लिएको छ । उसले ८ म्याच खेल्दा ६ मा जित र २ खेलमा हारको सामना गरेको छ । मुम्बईले ८ म्याचमा १२ अंक जोडेको छ ।

केकेआरले भने ८ म्याचमा चारमा जित र चार खेलमा हारको सामना गरेको छ । केकेआर ८ अंकका साथ तालिकाको चौथो स्थानमा छ ।