शक्तिपीठहरु कात्तिक १ देखि खोल्ने तयारी

काठमाण्डाै – कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देविदेवताका शक्तिपिठहरु कात्तिक १ गते देखि खुल्ने भएका छन् । काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, वंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवि लगायतका शक्तिपिठहरु कात्तिक एक गते देखि खुल्ने भएका हुन् ।

काठमाण्डाै उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवी लगायतका शक्तिपीठहरु आउँदो शनिबार कात्तिक १ गते देखि खोल्ने तयारी गरिएको मन्दिर व्यवस्थापकहरुले बताएका छन् ।

बिज्ञापन

उनीहरुले दशैँको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपीठहरु खोल्नुपर्ने बाध्यता रहेको बताएका हुन् । तर सरकारले भने यसबारेमा कुनै निर्णय गरेको छैन । कोरोना संक्रमण फैलने जोखिम बढेपछि सरकारले गएको चैत ११ गतेदेखि नै देशरभरीकै मन्दिर बन्द गरेसँगै मुख्य शक्तिपीठहरुमा नियमित पूजा बाहेकका सबै गतिविधि बन्द गरिएको छ ।

अन्य क्षेत्रलाई खुल्ला गरिए पनि मन्दिरमा धेरै भिड हुने भएकाले सरकारले अहिलेसम्म मन्दिर खुल्ला गर्ने निर्णय गरिसकेको छैन ।