
काठमाडौं : सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले डा गोविन्द केसी र सरकारको बीचमा भइरहेको वार्ता हरहालतमा सफल पार्नुपर्ने बताएका छन्।

आज सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले सरकारलाई यस्तो आग्रह गरेका छन्। उनले डा केसीको जीवनरक्षा गर्न र सम्बन्धित सबै सम्वेदनशील बन्न पनि आग्रह गरेका छन्।
बिज्ञापन



डा केसी अनशनको आज शनिबार २७ औं दिन हो। विभिन्न ६ बुँदे माग राख्दै भदौ २९ देखि अनशन थालेका डा केसीको अवस्था गम्भीर हुँदै गएको छ। सहमतिका लागि बिहीबार र शुक्रबार वार्ता भए पनि कुनै निष्कर्षमा पुग्न सकेको छैन।
