यसपालिको दसैँको आशिर्वाद अनलाइन र फोनबाट

सरकारले दसैँको आशिर्वाद अनलाइन र फोनबाट लिन आग्रह गरेको छ । टीका थाप्नको लागि जाँदा कोरोना संक्रमण फैलने भन्दै सरकारले अनलाइन र फोनबाट आशिर्वाद थाप्न आग्रह गरेको हो ।

‘कोरोनाका कारण मान्यजनबाट आशिर्वाद अनलाइन र फोनबाट लिऔँ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भने ।

बिज्ञापन

किनमेलका लागि बजारमा नजान समेत उनले आग्रह गरे । संयमित भएर चाडपर्व मनाऔँ । भीडमाड नगरौँ । पुरानै सामनको प्रयोग गरौँ । कपडा किनमेल नगरौँ । घरमै पकाएर परिवार बसेर मनाऔँ,’ उनले भने ।