जिप दुर्घटना हुदा ५ जनाको मृत्यु

जाजरकोट– जुनिचाँदे गाउँपालिका १ ओलभीरमा भे१ज ९३५ नम्बरको जिप आज दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ११ का वडाध्यक्ष अमरबहादुर शाही, कृति शाही, ख्यामबहादुर शाही , वडा ५ की मालिका बस्नेत, कृष्णबहादुर शाहीको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले जनाए ।

त्यस्तै, दुईजना पानीमा बेपत्ता भएको उनले जानकारी दिए । जुनिचाँदे गाउँपालिकाको कार्यपालिकाको वैठकका लागि सदरमुकाम खलंगाबाट पराले जाँदै गरेको जिप दुर्घटना परेको हो । जिपमा सवार जुनिचाँदे ११ का नरबहादुर बुढा घाइते भएका छन् । जिप खोलामा परेको छ ।

बिज्ञापन