
काठमाडौँ – झापामा भएको एक सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। सोमबार स्कुटर दुर्घटनामा परी मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका १ बस्ने १८ वर्षीया रञ्जना खनाल रहेकी छन् ।

बिज्ञापन



पुर्वपश्चिम राजमार्गमा पर्ने धरमपुर चोकमा मे१०प ८१ नम्बरको मोटरसाइकलले पश्चिमबाट पूर्वतर्फ आइरहेको मे७प १६७८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।ठक्करबाट गम्भीर घाइते भएकी खनाललाई बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्याइएको र उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुने रञ्जना नेपाल कम्युनिष्ट पाटी (नेकपा) झापाका सचिवालय सदस्य एबम् क्षेत्र नं ४ का इन्चार्ज राधाकृष्ण खनालकी छोरी रहेकी छन्। प्रहरीका अनुसार मृतकको शव मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको छ।