
आज उपत्यकामा १ हजार ५ सय ९९ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । आइतबार उपत्यकाको काठमाडौंका १ हजार ३ सय ७३, ललितपुरका १ सय ८७ र भक्तपुरका ३९ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

यो संख्या उपत्यकामा थपिएको अहिलसम्मकै बढी हो । आज देशभर २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिज्ञापन



योसँगै संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ । जसमध्ये २२ हजार ७ सय ८४ सक्रिय संक्रमित हुन् ।

त्यस्तै, गत २४ घण्टामा १ हजार ३ सय २९ संक्रमित उपचारपछि घर फर्किएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या ६४ हजार ६९ पुगेको छ ।
आज देशभर १२ हजार ७ सय ८४ जनाको पीसीआर गरिएको छ । आज थप ७ संक्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ ।