दमकमा विरजरा संचालनमा

दमक। झापाको दमकमा विरजरा संचालनमा आएको छ । आज दमक ६ स्थित दमक मलमा विरजराको रिवन काटेर दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले उद्घाटन गरेका हुन् ।

शशी मण्डलले संचालनमा ल्याएको सो पसलमा नेपाली महिलाहरुले प्रयोग गर्ने सबै प्रकारका ब्राण्डेड कपडाहरु पाइने संचालक मण्डलले जानकारी दिइन् । उनले नेपाली दिदि बहिनीहरु भारतको जोगबनी र सिलिगुडी गइरहनु नपर्ने भन्दै सबै सामान यहि उपलब्ध हुने बताइन् ।

बिज्ञापन


त्यस्तै उद्घाटन पछि शुभकामना मन्तब्य राख्दै बाणिज्य संघका अध्यक्ष श्रेष्ठले बन्दाबन्दीले व्यापारी व्यवसायीहरु मारमा परेको अबस्थामा पनि नेपालीहरु जोगबनी र सिलिगुडी जानुपर्ने बाध्यता हटेको भन्दै विरजराको सफलताको शुभकामना ब्यक्त गरेका थिए । त्यस्तै दमक मलका संचालक रेवत बस्नेतले विरजरामा पाइने सामान जोगवनी र सिलिगुडीको भन्दा महंगो नहोस भन्दै दमकको दमक मललाई नै रोजेकोमा विरजराको सफलताको शुभकामना ब्यक्त गरे । उनले ग्राहकको मन जित्न विरजराले सकोस भन्दै शुभकामना पनि दिए ।

कार्यक्रम दमक उद्योग बाणिज्य संघका प्रथप उपाध्यक्ष राजु खड्काले संचालन गरेका थिए । कार्यक्रममा बाणिज्य संघका पदाधिकारी, व्यवसायी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।