नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०० नाघ्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०० नाघेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५०९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

बिज्ञापन

यसैगरी पछिल्लो २४ घण्टामा देशभर ९६१ जना निको भएका छन् भने यससँगै हालसम्म निको हुनेको कुल संख्या ५७ हजार ३८९ पुगेको छ ।

यस्तै देशभर आईसीयूमा २२० र भेन्टिलेटरमा २५ जना रहेका छन् ।