उपत्यकामा आज थप ९ सय २ जनामा कोरोना पुष्टि

बुधबार उपत्यकामा ९ सय २ जनामा कोरोना (कोभिड-१९) पोजिटिभ देखिएको छ । आज काठमाडौंमा ६ सय ९७, भक्तपुरमा ९३ र ललितपुरमा १ सय १२ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

आज देशभर १ हजार ५ सय ५९ जनामा कोरोना पुष्टि भएको छ । १२ हजार २ सय ५ को पीसीआर गर्दा आज १ हजार ५ सय ५९ जनामा कोरोना पुष्टि भएको हो ।

बिज्ञापन

योसँगै संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको छ । त्यस्तै, गत २४ घण्टामा १ हजार ५७ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । योसहित निको हुनेको संख्या ५६ हजार ४ सय २८ पुगेको छ ।

हाल देशभर २० हजार ८ सय ९१ जना सक्रिय संक्रमित छन् । आज सात कोरोना संक्रमितको निधन भएको छ । योसहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय ९८ पुगेको छ ।