
काठमाण्डौ : पर्यटन क्षेत्रका प्रमुख अंगहरू एयरलाइन्स, होटल, पर्यटक सवारी, रेष्टुरेन्ट, जलयात्रा, पदयात्रा र पर्वतारोहण, ट्राभल एन्ड टूर र अन्य पर्यटकीय क्षेत्र कोरोना महामारीले थिलथिलो बनेका छन् ।

पर्यटनमा सबैभन्दा धेरै लगानी भएको र कर्मचारी पनि अधिक भएको क्षेत्र नै होटल हो । यो क्षेत्रमा औपचारिक र अनौपचारिक गरी करिब १० लाख कामदार रहेका छन् । नेपालको होटल क्षेत्रमा अहिलको मूल्यांकन अनुसार १० खर्ब भन्दा बढीको लगानी रहेको बताइन्छ । यति ठूलो लगानी भएको यो क्षेत्र अहिले ठप्प छ ।



कर्मचारीको न्युनतम बेतन दिने, सेवा क्षेत्र टिकाउने र आतिथ्यता सेवालाई जोगाउने कसरी भन्ने कुरा टाउको दुखाईको विषय भएको होटल सञ्चालकहरुको भनाई छ । होटलमा आश्रित जनशक्ति बेकामे भएका छन् । यो क्षेत्रमा परेको प्रभाव, मजदुर वर्गका वास्तविक समस्या र अवको आवश्यकतासहितको विषयमा विभिन्न संघ संस्थाले आवाज बुलन्द गरेपनि समस्या समाधानमा कुनै प्रगति भएको पाइदैन । सरकारले असार १ गतेबाट लकडाउन खुकुलो गरेपनि राजधानीको ठमेल क्षेत्रका होटल व्यबसाय भने संकटमै छन् । खासगरी पर्यटकीय आकर्षणको थलो मानिने ठमेल क्षेत्रका होटल व्यवसायी चर्को मारमा परेका हुन् । बाह्य पर्यटकले खचाखच भरिने यहाँका होटल पर्यटक संख्या शुन्यमा झरेपछि संकटमा परेका छन् ।

भ्रमण वर्षका कारण लकडाउनअघि पर्यटक बढ्ने विश्वाससाथ ठमेल क्षेत्रका पुराना होटलले क्षमता विस्तार गरेका थिए । ठूलो लगानीमा आधा दर्जन बढी होटल सञ्चालनमा आएका थिए । तर, कोभिड–१९ संक्रमणका कारण व्यबसायीले ३ महिना अवधिमा करोडौं नोक्सानी ब्यहोर्नुपरेको गुनासो गरेका छन् ।
लकडाउन अवधिमा यहाँका होटलले आर्थिक क्षति बेहोर्नुपरेको स्थानीय व्यबसायीले बताए । होटल बन्द हुँदा दैनिक लाखौ रुपियाँसम्म क्षति ब्यहोेर्नुपरेको ब्युटीफुल काठमाण्डौ होटल प्रालिका सञ्चालक अन्जन थापाले बताउनुभयो । ‘अन्य व्यबसाय सञ्चालनमा आए तर होटल लकडाउनमै छन्,’ थापाले भन्नुभयो । स्थिति सहज बनेपनि ग्राहक अभाव नै मुख्य समस्या रहने उहाँको ठम्याई छ । थापाको गुनासो छ – ‘आन्तरकि पर्यटककै भरमा ठमेल क्षेत्रका होटल चल्न सक्दैन, बाह्य पर्यटकको आगमा घट्यो ।’
कोरोना संक्रमण शुरु हुने बित्तिकै होटल व्यबसायीले राज्यलाई होटल क्वारेन्टिनका रुपमा उपलब्ध गराउने घोषणा गरे पनि सरकारले महंगो शुल्कमा अन्य संस्थासँग सम्झौता गरेको व्यबसायीको ठहर छ ।
हालसम्म होटल व्यबसायीले राज्यबाट कुनै सुबिधा नपाएको भन्दै होटल एसोसिएसन अफ नेपाल (हान)ले न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने व्यबस्था मिलान सरकारसंग माग गरेको छ । बन्दाबन्दीका कारण होटल क्षेत्रबाट बिस्थापित भएर बेरोजगार भएका श्रमिक तथा मजदुरलाई पुनर्ताजगी तालिम व्यबस्था गरी रोजगारीको अवसर सिर्जना गर्नुपर्ने हानले जोडदार माग गरेपनि सरकारीस्तरबाट कुनै सुनुवाई भएको छैन ।
भ्रमण वर्षका कारण लकडाउनअघि पर्यटक बढ्ने विश्वाससाथ ठमेल क्षेत्रका पुराना होटलले क्षमता विस्तार गरेका थिए । ठूलो लगानीमा आधा दर्जन बढी होटल सञ्चालनमा आएका थिए । तर, कोभिड–१९ संक्रमणका कारण व्यबसायीले ३ महिना अवधिमा करोडौं नोक्सानी ब्यहोर्नुपरेको गुनासो गरेका छन् ।
लकडाउन अवधिमा यहाँका होटलले आर्थिक क्षति बेहोर्नुपरेको स्थानीय व्यबसायीले बताए । होटल बन्द हुँदा दैनिक लाखौ रुपियाँसम्म क्षति ब्यहोेर्नुपरेको ब्युटीफुल काठमाण्डौ होटलका सञ्चालक अन्जन थापाले बताउनुभयो । ‘अन्य व्यबसाय सञ्चालनमा आए तर होटल लकडाउनमै छन्,’ थापाले भन्नुभयो । स्थिति सहज बनेपनि ग्राहक अभाव नै मुख्य समस्या रहने उहाँको ठम्याई छ । थापाको गुनासो छ – ‘आन्तरकि पर्यटककै भरमा ठमेल क्षेत्रका होटल चल्न सक्दैन, बाह्य पर्यटकको आगमा घट्यो ।’
कोरोना संक्रमण शुरु हुने बित्तिकै होटल व्यबसायीले राज्यलाई होटल क्वारेन्टिनका रुपमा उपलब्ध गराउने घोषणा गरे पनि सरकारले महंगो शुल्कमा अन्य संस्थासँग सम्झौता गरेको व्यबसायीको ठहर छ ।
हालसम्म होटल व्यबसायीले राज्यबाट कुनै सुबिधा नपाएको भन्दै होटल एसोसिएसन अफ नेपाल ९हान०ले न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने व्यबस्था मिलान सरकारसंग माग गरेको छ । बन्दाबन्दीका कारण होटल क्षेत्रबाट बिस्थापित भएर बेरोजगार भएका श्रमिक तथा मजदुरलाई पुनर्ताजगी तालिम व्यबस्था गरी रोजगारीको अवसर सिर्जना गर्नुपर्ने हानले जोडदार माग गरेपनि सरकारीस्तरबाट कुनै सुनुवाई भएको छैन ।
एक दशक अघि नै होटल नेपालय पाँच करोड खर्चेर सञ्चालन गरिएको थियो । भिजिट नेपाल–२०२० का लागि पर्यटक आकर्षित गर्न थप स्तरोन्नति गरिएको थियो । मुलुकमा लकडाउन शुरु भएयता होटलको कारोबार ठप्प छ ।
होटलमा १५ जना कर्मचारी रहेकोमा १ महिनासम्म कर्मचारी राखिए पनि तलब भुक्तानीमा समस्या परेपछि उनीहरुलाई बिदामा पठाइएको होटलका एकाउण्टेन गोपाल निरौलाले बताउनुभयो । कारोबार सुस्त भएपछि हाल होटल नेपालयमा ३ जना कर्मचारी मात्र कार्यरत छन् ।
‘‘लकडाउनले गर्दा आर्थिक बोझ थपिएको छ,’ निरौलाले भन्नुभयो–पीडामा परेका व्यबसायीलाई सरकारले वेवास्ता गर्दा व्यबसायी तनावमा छन् ।
यहाँ खुलेका होटलमा ८० प्रतिशत लगानी बैंकबाट ऋण लिएर गरिएको छ । त्यसमाथि ५० हजारदेखि ५ लाख रुपियाँसम्म घरभाडा र कर तिर्नुपर्दा थेग्नसक्ने अबस्था नरहेको उहाँको भनाई छ । निरौला नेपालयका अलवा काठमाण्डौ ब्युटीफुल, होटल टे«डिसनलगायत अन्य टे«किङ कम्पनीमापनि आबद्ध हुनुहुन्छ ।