को थिए राजा बिरेन्द्र?

काठमाडौ । वीरेन्द्र वीर विक्रम शाह(वि.सं. २००२-२०५८) नेपालका दशौं शाहवंशीय राजा थिए । यिनले २०२८ देखि २०५८ सम्म नेपालको शासन गरेका थिए। यिनका तीन जना सन्तान युवराज दिपेन्द्र शाह, अधिराजकुमारी श्रुती शाह तथा अधिराजकुमार निराजन शाहको रूपमा जन्मिएका थिए । वीरेन्द्रका दुई भाइ थिए धिरेन्द्र शाह र ज्ञानेन्द्र शाह। धिरेन्द्रको राजदरवार हत्याकाण्डमा मृत्यु भएको थियो ।

 

बिज्ञापन

वीरेन्द्रको जन्म बि.सं. २००२ साल पुष १४ (सन् १९४५ डिसेम्बर २८) गते भएको थियो। यिनको प्रारम्भिक शिक्षा दरवारमा नै भयो। माध्यमिक शिक्षा भारत दार्जीलिङको सेन्ट जोसेफ कलेजबाट पूरा गरेपछि यिनी बेलायतको इटन कलेजमा पढेका थिए। पछि जापानतथा अमेरिकामा पनि यिनले थप अध्ययन गरेका थिए। बीरेन्द्रको विवाह २०२२ सालमा ऐश्वर्य शाहका साथ भएको थियो ।

 

बि.सं. २०५८ साल जेठ १९ गतेको शुक्रवार नारायणहिटी दरवारभित्र हत्या गरिएको थियो ।

 

राजा बीरेन्द्रकै समयमा २०३७ सालमा जनमत संग्रह र जनआन्दोलन २०४६ बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो । पहिलो पटक बि.सं. २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न जनमत संग्रहको घोषणा गरिएको थियो। नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाउनुभएका उहाँको मृत्यु भने रहस्यमय ढंगले एउटा कहालीलाग्दो शुक्रवारे पारिवारिक जमघटका बेलामा भएको थियो ।


स्रोत: विकिपिडिया