
काठमाडौं । बालुबारटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । मन्त्रिपरिषदको बैठक साढे ९ बजे बालुवटारमा सुरु भएको एक मन्त्रिले जानकारी दिए । आजको मन्त्रिपरिषद बैठक नियमित भएको पनि ती मन्त्रीको भनाइ छ ।

सोमबार बस्नुपर्ने नियमित क्याविनेट बैठक बस्न नसकेपछि आज बस्न लागेको हो । आजको बैठकमा कोभिड १९ लगायत अन्य नियमिति प्रकृयाका बारेमा छलफल हुनेछ ।



यसैवीच मंगलबारै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक पनि बस्दैछ । साढे १२ बजे बालुवाटारमा सचिवालय बैठक बोलाइएको छ ।

आइतबार बसेको सचिवालय बैठक सोमबार बस्नेगरी स्थगित भएपनि गृहकार्य नपुगेको भन्दै अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको भेटवार्तापछि सोमबार बस्ने भनिएको सचिवालय बैठक मंगलबारलाई सारिएको थियो ।
नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, एकताका बाकी काम लगयतबारे छलफल गर्ने कार्यसूची छ । सचिवालय बैठकबाट नेकपाले मन्त्रिहरुको हेरफेर गर्ने कार्यदेश तय गर्ने छ ।