
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा नियुक्त गरेकी छन् ।

बुधबार प्रधानमन्त्री कार्यालयले गौतमलाई मनोनीत गनए सिफारिस पत्र पठाएको थियो । सोही अनुसार आज (बिहीबार) गौतमलाई राष्ट्रिय सभा सदस्यमा राष्ट्रपति भण्डारीले मनोनीत गरेकी हुन् ।



साथै आजै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाल तिमिल्सिनाबाट गौतमले शपथ ग्रहण गर्नेछन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनी गर्ने निर्णय गरेको थियो ।
राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमध्ये युवराज अतिवडाको पदावधि समाप्त भएपछि एक सिट ६ महिनादेखि खाली छ । त्यही सिटमा गौतमलाई मनोनीत गर्न सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।