बिहीबारको मन्त्रिपरिषद् बैठक स्थगित, कुलमानबारे शुक्रबार मात्र निर्णय हुने

काठमाडौं — बिहीबार साँझका लागि बोलाइएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सत्तारुढ नेकपाको शुक्रबार बोलाइएको बैठकको तयारीमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त रहनुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक स्थगित भएको हो ।

बिज्ञापन

मन्त्रिपरिषद्को आगामी बैठकबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति हुने बुझिएको छ ।

यस अघि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै निरन्तरता दिने भनिसकेका छन् ।

शुक्रबार बस्ने मन्त्रिपरिषद्को प्राधिकरणको कार्यकारी निर्देशकका साथै सरकारको प्रवक्ता र केही मुलुकका लागि राजदूत समेत सिफारिस गर्ने पनि तयारी रहेको बताइएको छ ।