
लागुऔषध गाँजासहित प्रहरीले पोखराबाट २ जनालाई पक्राउ गरेकाे छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहत प्रहरी कार्यालय प्रहरी चौकी भरतपोखरीबाट खटिएको विशेष टोलीले गएराति पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका- १७ का २० वर्षीय शिलास बिक र तनहुँको शुक्लागण्डकी- १२ घर भएका सञ्जोक बिक रहेका छन् ।
बिज्ञापन



आइतबार राति ग९प ६०२८ नम्बरको प्लसर मोटरसाइकल चेजाँचका क्रममा उनीहरूको साथबाट ६ किलो १ सय ग्राम गाँजा र १ थान लागुऔषध ताल गर्ने मेसिन बरामत गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ विपरितको कसुरअन्तर्गत थप अनुसन्धान थालिएको छ ।