
एजेन्सी । अन्डरवर्ल्ड डन दाउद इब्राहिमको घर कराँचीमा भएको र उनीमाथि आर्थिक प्रतिबन्ध लगाइएको पाकिस्तानले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।यद्यपि, पाकिस्तानी विदेश मन्त्रालयले यो कुनै नयाँ सूचना नभएको बताएको छ ।

१८ अगस्टमा जारी भएको सूचनाको विषयमा स्थानीय पत्रकारले पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता जाहिद चौधरीले भने, ‘१८ अगस्ट २०२० मा पाकिस्तानले जुन एसआरओ (आधिकारिक सूचना) जारी गरेको छ त्यसले यो प्रमाणित गर्छ कि यसअघि जारी गरिएको एसआरओ पनि एक प्रक्रिया अनुरुप नै थिए । तसर्थ प्रतिबन्धित सूची वा प्रतिबन्ध उपायमा कुनै परिवर्तन भएको छैन ।’



पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘दुई संयुक्त एसआरओलाई १८ अगस्ट २०२० मा जारी गरियो जुन तालिबान, आइएस र अलकायदालाई संयुक्त राष्ट्रको प्रतिबन्ध सूचीमा स्थान दिने वर्तमान स्थितीलाई देखाउका लागि थियो । यस्ता एसआरओ समय–समयमा सार्वजनिक भइरहन्छन् । यस्तै एसआरओ कानूनी आवश्यकता र अन्तर्राष्ट्रिय जिम्मेवारीसहित विदेश मन्त्रालयले पनि प्रकाशित गर्छ । पछिल्लो एसआरओ सन् २०१९ मा प्रकाशित गरिएको थियो ।’

प्रवक्ताले भने, ‘यो एसआरओमा संयुक्त राष्ट्रद्वारा प्रतिबन्ध व्यक्ति र संगठनको जानकारी छ । मिडियाका केही तप्काले पाकिस्तानले यी रिपोर्टमार्फत् नयाँ प्रतिबन्ध लगाएको जुन सही नभएको बताइरहेका छन् । यस्तै दाबी भारतीय मिडियाका केही तप्काले पनि एसआरओको आधारमा पाकिस्तानले केही मानिसहरुलाई आश्रय दिइरहेको बताइरहेको छ जुन आधारहीन र भ्रामक हो ।’
पाकिस्तानी विदेश मन्त्रालयले हालै सार्वजनिक भएको सूचनामा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले जुन व्यक्ति र संगठनमाथि आर्थिक, यात्रा प्रतिबन्धलगायत लागू गरेका छन् पाकिस्ताने ती व्यक्ति र संगठनको सम्पत्ति, बैंक अकाउन्ट नोटिस नगरीकनै जफत गरेको जानकारी दिएको छ ।
पेरिसस्थित फाइनेन्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले पाकिस्तानलाई जून २०१८ मा ग्रे लिस्टमा राख्दै पाकिस्तानले सन् २०१९ सम्म यी संगठन र मानिसहरुमाथि कारवाही गर्न भनेको थियो ।