
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ४६१ पीसीआर परीक्षणमा गरिएको थप १ हजार १६ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।



आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । यीमध्ये १० हजार ५ सय ६३ सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये २ हजार ८८७ जना होम आइसोलेसनमा छन् भने अन्यको देशभरका विभिन्न अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा थप ८५ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १७ हजार ५८० पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाबाट नेपालमा थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुुनेको संख्या ११४ पुगेको छ ।