
दमक : झापाको दमक उद्योग बाणिज्य संघले (आज) शनिबार राती १२ बजेपछि अत्यआवश्यक बाहेकका सबै प्रकारका पसल तथा ब्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।

आज संघको आकस्मिक बैढक बसी दमकमा समुदाय स्तरमा कोरोनो भाईरस देखिएको हुनाले आफ्नो मातहतका उधमी ब्यावसायी लाई संक्रमण हुन सक्ने भन्दै दमक उधोग वाणिज्य संघले आफ्ना ब्यापारी हरु लाई अर्को सूचना नभए सम्मका पसल बन्द गर्न आवहान गरेको छ ।



कोरोना भाईरसको संक्रमण समुदायस्तरमा देखिएपछि ब्यवसायी र उपभोक्ताको सुरक्षाका लागि यस्तो निर्णय गरिएको संघका अध्यक्ष गोकुल श्रेष्ठले बताए ।श्रेष्ठले भने -अत्याआवश्यकीय पसल तथा ब्यवसाय बाहेक सबै पसल ब्यवसाय अर्को सूचना जारी नभएसम्म बन्द गर्ने निर्णय लिईएको छ र यसलाई पालना गर्न अनुरोध छ ।,

यसभन्दा अघि दमक नगरपालिकाले आंशिक रुपमा लकडाउन घोषणा गरेको थियो । उसले विहान ८ बजेदेखि ४ बजेसम्म पसल तथा ब्यवसाय खोल्ने निर्णय गरेता पनि संघले अर्को सूचना जारी नभएसम्म बन्दको निर्णय लिएको हो ।
शुक्रबार ७ जना संक्रमितमध्ये ५ जना बिधुत प्राधिकरणका कर्मचारी १ जना भारतबाट आएकी महिला र १ ब्यवसायीमा कोरोना संक्रमण पुष्टि भएको थियो । जसका कारण कोरोना भाईरस समुदायमा फैलिएको आशंका गरिएको छ ।