प्रदेश १ मा कोरोना सक्रमण बाट मृत्यु हुनेको संख्या ७ पुग्यो

धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा एक सक्रमितको मृत्यु भएको छ ।

मोरङको वृुढिगंगा गाउपलिका २ का ५५ वर्षिय पुरुषको उपचारका क्रममा आज विहान प्रतिष्ठानमा मृत्यु भएको हो । साउन २६ गते ज्वोरो आएपछि प्रतिष्ठानको आकस्मिक कक्षमा आएका मृतकलाई कारोनाका लक्षण देखिएका कारण आइसोलेसनमा राखेर स्वाब संकलन गरिएको थियो उनलाइ हिजो कोरना सक्रमण पुष्टि भएको प्रतिष्ठानमा प्रवक्ता प्राध्यापक डाक्टर निदेश सापकोटाले जानकारी दिए ।

बिज्ञापन

आइसोलेसन उपचारत रहेको अवस्थामा उनको आज विहान १ वजेर २० मिनेटमा मृत्यु भएको प्रवक्ता सापकोटाले वताए । यो सगै प्रदेश १ मा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।जसमा विराटनगर महानगरपालिकाबाट ४, सुनवर्षी नगरपालिका, बुढीगंगा गाँउपालिका, र रंगेली नगरपालिकाबाट समान १ जनाको मृत्यु भइसकेको छ ।

धरानमा भने यसअघि प्रदेश २ का दुईजनाको उपचारकै क्रममा मृत्यु भएको थियो ।