मन्त्रिपरिषद बैठक आज बस्दै, संक्रमण फैलिएका स्थानहरुमा थप कडाई गर्ने तयारी

काठमाडौं : सरकारले कोरोना भाइरस संक्रमण फैलिएका स्थानहरुमा थप कडाई गर्ने तयारी गरेको छ । समुदायस्तरमै संक्रमण फैलिन थालेपछि त्यसलाई नियन्त्रण गर्ने विषयमा आज साँझ हुने मन्त्रिपरिषदको नियमित बैठकले आवश्यक निर्णय गर्न लागेको हो ।

मन्त्रिपरिषदको बैठक साँझ पाँच बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । हिजो मात्रै कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले सार्वजनिक यातायात बन्द र हवाई सेवा तत्काल नखोल्न सरकारलाई सुझाव दिएको थियो ।

बिज्ञापन

त्यस्तै सकारी कार्यालयहरु आधा कर्मचारी राखेर सञ्चालन गर्ने, सभा, सम्मेलनमा रोक लगाउने, अत्यावश्यक बाहेकका पसल बन्द गर्न पनि सीसीएमसीले सरकारलाई सिफारिस गरेको छ ।

सो अनुसार आजको मन्त्रिपरिषद बैठक भदौ एक देखि १५ गतेसम्मका लागि संक्रमण नियन्त्रण सम्वन्धी विशेष निर्णय गर्ने बताइएको छ । सरकारले साउन छ गते लकडाउन खुकुलो गरेपछि कोरोना संक्रमणको दर बढ्दै गएको छ । पर्सा लगायत तराइका जिल्लामा समुदायस्तरमै संक्रमण देखिएको छ ।