मेरै पार्टीमा पनि गैरजिम्मेवारपन देखियो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ओलीले केही व्यक्ति र संस्थामा गैरजिम्मेवार देखिएको बताएका छन् । आफ्नै पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पनि देखिएको उनले बताए ।

मंगलबार विज्ञहरुसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले भने, ‘केही संस्था, व्यक्तिमा गैरजिम्मेवारपन देखिन्छ । त्यो अन्त खोज्न गइरहनु पर्दैन, मेरै पार्टीमा देखिन्छ ।’

बिज्ञापन

उनले अघि भने, ‘२५ जनाभन्दा बढी जम्मा हुन दिएका छैनौं, मेरै पार्टीमा ४५० जनाको केन्द्रीय कमिटी तुरुन्त चाहियो भन्छन् । कहाँ बस्ने हो ? के गर्ने हो सोच केही छैन ? स्थायी कमिटी अहिले बस्नुपर्‍यो, भरे बस्नु पर्‍यो, यसबाहेक केही छैन ।

देश र जनताप्रति गम्भीर उदासिनता देखनउने र आफ्नो स्वार्थका पछाडि कुद्ने प्रवृत्ति देखिएको प्रधानमन्त्री ओलीले बताएका छन् ।