प्रहरी हेडक्वार्टरमा थप २३ जनालाई कोरोना संक्रमण

काठमाडौँ । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि चार जनालाई संक्रमण देखिएको थियो ।

उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परिक्षण गर्दा थप २३ जनामा संक्रमण देखिएको प्रहरी महानिरिक्षकको सचिवालयका एसएसपी कुवेर कडायतले जानकारी दिए ।

बिज्ञापन

प्रहरी प्रधान कार्यालयको सवारी (एमटी) शाखामा कार्यरत प्रहरी हवल्दार काठमाडौँ बाहिर गएर फर्केपछि पहिलो पटक उनलाई कोरोना संक्रमण भएको थियो ।

मंगलबार संक्रमण पुष्टि भएका अधिकांश एमटी शाखामा कार्यरत प्रहरी छन् । प्रहरी प्रधान कार्यालयका संक्रमितका संख्या २७ पुगेको छ ।