
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुहार हेरेर कोरोना सङ्क्रमित नचिनिने भएकोले हरेक व्यक्तिसँग सतर्क हुन आग्रह गरेको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले कतिपयलाई कोरोना सङ्क्रमण भए पनि लक्षण नै नदेखिने र अनुहार हेरेर सङ्क्रमित नचिनिने भएकोले हरेक व्यक्तिसँग सतर्क रहनुपर्ने बताउनुभयो ।



उहाँले नेपालमा अहिले पनि दिनहुँ कोरोना सङ्क्रमित भेटिरहेको र नेपालमा जोखिम कायमै रहेको भन्दै सावधानी अपनाउन आग्रह गर्नुभयो । लकडाउन हटे पनि काेराेनाकाे जाेखिम कायमै रहेकाेले स्वास्थ्यसम्बन्धी मापदण्डकाे पालना गर्न प्रवक्ता देवकाेटाले आग्रह गर्नुभएकाे छ ।

पछिल्लाे २४ घण्टामा नेपालमा एक सय ३० जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएसँगै कुल सङ्क्रमितकाे सङ्ख्या १८ हजार ६ सय ८३ पुगेकाे छ । थप ७५ जना डिस्चार्ज भएसँगै काेराेनामुक्त भएर घर फर्किनेकाे सङ्ख्या १३ हजार एक सय २८ पुगेकाे छ ।
अहिले देशभरि पाँच हजार चार सय ४० जना सक्रिय सङ्क्रमित रहेका छन् । प्रदेश नम्बर १ मा एक सय ८६, प्रदेश नम्बर २ मा एक हजार आठ सय ७३, वाग्मती प्रदेशमा चार सय ४४ र गण्डकी प्रदेशमा दुई सय ९४ जना आइसोलेशनमा उपचाररत छन् । यस्तै प्रदेश नम्बर ५ मा तीन सय ५८, कर्णाली प्रदेशमा तीन सय ६७ र सुदूरपश्चिम प्रदेशमा एक हजार नाै सय १८ जना सङ्क्रमित उपचाररत छन् ।