झापामा खाल्डोमा डुबेर तीन जना बालकको मृत्यु

भद्रपुर। झापामा खाल्डोमा डुबेर तीन जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा नगरपालिका २ कमलधाप बस्ने अनिल लामाका १० वर्षीय छोरा अंकुश तामाङ र कमला थामीका दुई छोराहरु १४ वर्षीय करण थामी र ११ वर्षीय अर्जुनको डुबेर मृत्यु भएको हो।

उनीहरु भद्रपुर नगरपालिकाले निर्माण गरिरहेको पर्यटकीय क्षेत्रको ठाउँमा खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी गराएको छ। अंकुश तामाङ बुधवार दिउँसो २ बजेतिर घरबाट खेल्न भन्दै निस्किएका थिए।

बिज्ञापन

अबेरसम्म घर नफर्किएपछि उनको खोजी भएको थियो। राति ८ बजे बालकको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। बाँकी दुई जनाको शव भने आज बिहान फेला परेको हो।