चर्चित युवा नेता कनैया कुमार पराजित

काठमाडौंः चर्चित युवा नेता कनैया कुमार ३ लाख ९४ हजार मतले पराजीत भएका छन् ।

भारतीय कंग्रेस आइको गठबन्धनबाट लोकसभा उम्मेदवार बनेका उनको २ लाख ३६ हजार मत आउँदा भाजपाका उम्मेदवार गिरिराज सिंहले ६ लाख ३ हजार मत ल्याएका छन् ।

बिज्ञापन

जवाहरलाल नेहरु विश्व विद्यालयबाट विद्यावारिधि गरेका कनैयाले चुनाव जित्ने बारेमा भारतमा भन्दा पनि बढी नेपालमा चर्चा बढी चल्ने गरेको थियो।