बाँकेमा घुस रकमसहित अधिकृत पक्राउ

बुटवल । घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज बाँकेका उद्योग अधिकृत हुकुमबहादुर ओली घुस रकमसहित पक्राउ परेका छन् ।

ठेक्कापट्टाको अनुमति पत्र (लाईसेन्स) बनाइदिने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस वापतको रकम लिइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोली उनलाई पक्राउ गरेको हो ।

बिज्ञापन

ओलीले ९६ हजार ३ सय रुपैयाँ लिइसकेपछिको अवस्थामा पक्राउ गरिएको आयोग कार्यालय बुटवलका प्रवक्ता  सुरेश भुसालले रातोपाटीलाई जानकारी दिए । ओलीलाई  थप अनुसन्धानको  लागी बुटवल ल्याइँदैछ ।