कोरोना टेष्टपछि मात्र दुबेको शवको पोस्टमार्टम हुने

एजेन्सी । ८ जना भारतीय प्रहरीको हत्या गरेर मास्टर माइन्ट मोस्टवान्टेड विकास दुबेको आज कानपुर लैजाँदै गर्दा भारतीय प्रहरीको इन्काउन्टरमा परेर मृत्यु भएको छ ।

 

बिज्ञापन

कानपुर लैजाने क्रममा बाटोमा गाडी पल्टिएपछि भारतीय पुलिसको हतियार खोसेर भाग्न लागेका दुबेलाई आत्मसमर्पण गर्न भने पनि फायरिङ गर्न शुरु गरेपछि जवाफी कारवाहीमा दुबेको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

कानपुरको विकरु गाउँमा आठ प्रहरीको हत्याका मुख्य आरोपी दुबेकोबारेमा खबर दिनेलाई ५ लाख भरतीय रुपैयाँ इनाम दिने घोषणासमेत गरिएको थियो ।

 

उनलाई सुरक्षाकर्मीले अस्पताल लगेपनि अस्पतालले उनको मृत्यु भएको बताएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार दुबेलाई लिएर जाँदा त्यहाँको सडकमा पुलिसले जाम गराएर कसैलाई जान नदिएको र जाम गराएको भन्दा केहि मिटर टाढाको दूरीमा गाढी पल्टिएको र त्यहिँ इन्काउन्टरमा उनको मृत्यु भएको बताएका छन् ।

 

अस्पतालले मृत घोषित गरेपछि दुबेको शवको सबैभन्दा पहिला कोरोना टेस्ट हुने भएको छ । कोरोना टेस्टपछि मात्र उनको शवलाई पोस्टमार्टम गरिने भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

 

उनको इन्काउन्टरमाथि उत्तर प्रदेशका पूर्व सीएम र सपा अध्यक्ष अखिलेश यादवले पुलिस र यूपी सरकारको कार्यप्रणालीमाथि प्रश्न उठाएका छन् ।

 

उनले एक ट्वीट गर्दै यो कार पल्टेको नभएर रहस्य खुल्ने भएपछि पल्टाएको बताएका छन् । विकास दुबेकी श्रीमती रिचालाई पुलिसले कानपुर लगेको छ । उनलाई सोधपुछका लागि त्यहाँ लगिएको र सोधपुछमा नयाँ रहस्य पत्ता लाग्न सक्ने बताइएको छ ।