राष्ट्रपतिबाट सरकारलाई झट्का, राहदानी विधेयक संसद्‍मै फिर्ता

काठमाडौं । संसद्ले प्रमाणीकरणका लागि पठाएको राहदानी विधेयक–२०७५ राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता गरेकी छन् ।

मंगलबार राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले एक विज्ञप्ति जारी गर्दै प्रमाणिकरणका लागि आएको राहदानी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमै फिर्ता गरिएको उल्लेख छ ।

बिज्ञापन

गत असोजमा प्रतिनिधिसभाले सो विधेयक पारित गरी प्रमाणीकरणका राष्ट्रपति कार्यालय पठाएको थियो ।

संसदका दुवै सदनले पारित गरेर प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाउनुपर्ने भएपनि प्रतिनिधिसभाले मात्र स्वीकृत गरेर पठाएको विधेयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ (३) अनुसार पुनविचार गर्न फिर्ता पठाएकी हुन् ।