
प्रदेश १ मा शुक्रबार ३८ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ५३ पुगेको छ । शुक्रबार ३४ पुरुष र ४ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा २८, मोरङ र उदयपुरमा ५/५ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।
बिज्ञापन



झापाको मेचीनगरमा १४ पुरुष, हल्दिबारीमा ३ पुरुष, अर्जुनधारामा ६ पुरुष, २ महिला, बिर्तामोडमा १ महिला, कनकाईमा १ पुरुष, १ महिला, मोरङको विराटनगरमा ३ पुरुष, बेलबारी र बुढीगंगामा १–१ पुरुष, उदयपुरको बेलकामा ५ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ बाट शुक्रबार ६ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा मोरङका ४ र सुनसरीका २ जना रहेका छन् । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ४ सय ६ पुगेको छ ।