
काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल)का लागि चार खेलाडी ड्राफ्टमा परेका छन् । आज साँझ लन्डनमा हुने ड्राफ्टमा राष्ट्रिय क्रिकेट टोलीका चार खेलाडी पनि अक्सनको ड्राफ्टमा परेका हुन् ।

ड्राफ्टमा स्टार लेग स्पीनर सन्दीप लामिछाने सहित, युवा खेलाडीहरु दिपेन्द्र लामिछाने, रोहित पौडेल र सोमपाल कामी छन् । युवा खेलाडीद्वय रोहित पौडेल र दिपेन्द्र सिंह ऐरी पहिलो पटक विदेशी फ्रान्चाइच टी–२० को ड्राफ्टमा परेका हुन् ।
बिज्ञापन



सोमपाल भने यसअघि अफगानिस्तान प्रिमियर लिगको ड्राफ्टमा परेका थिए । यूवा खेलाडीलाई फ्रान्चाइज टोलीले विशेष महत्व दिने भएकाले अन्य नेपाली खेलाडीको सम्भावना पनि छ ।

यस सिजनको ड्राफ्टमा चार नेपाली खेलाडी सहित कुल ५ सय ३६ खेलाडी ड्राफ्टमा परेका छन् । वेष्ट इन्डिज बाहेक अन्य २० देशका खेलाडीहरु सूचीमा परेका छन् ।