
एजेन्सी । भारतको अरुणाञ्चल प्रदेशमा नेशनल पिपल्स पार्टीका सांसद सहित ११ जनाको गोली हानी हत्या गरिएको छ ।

अरुणाञ्चल प्रदेशको तिरप जिल्लाको बोगापानी इलाकामा सांसद तिरोंग अबो, उनका छोरा, दुई सुरक्षाकर्मीसहित ११ जनाको हत्या एक वरिष्ठ प्रहरी अधिकारीले पुष्टि गरेका छन् ।
बिज्ञापन



अबो अरुणाचल प्रदेशको खोंसा–पश्चिम सिटबाट सांसद भएका हुन् । सांसद अबो आफ्ना छोरा र दुई सुरक्षाकर्मीका साथ असमबाट आफ्नो विधानसभा क्षेत्र खोंसा पश्चिम फर्किरहेका बेला हत्या भएको जनाइएको छ ।

मंगरवार बिहान करिव साढे ११ बजे ज्ञात समूहले उनको गाडीमाथि गोली चलाउँदा ११ जनाको तत्काल मृत्यु भएको हो । घटनाको निन्दा गर्दै गृहमन्त्री राजनाथ सिंहले दोषीलाई कारवाही गर्न आग्रह गरेका छन् भने प्रहरी घटनाको अनुसन्धानमा जुटेको छ ।