
लम्कीः कैलालीमा प्रहरीले क्वारेन्टाइनका भान्सेमाथि कुटपिट गरेको छ ।

जिल्लाको लम्कीचुहा नगरपालिका-९, सरस्वती मावि प्रतापपुरको क्वारेन्टाइनका लागि खाना पकाउने भान्सेमाथि प्रहरीले कुटपिट गरेको हो ।



शुक्रबार राती करीब १० बजे तिर ईलाका प्रहरी कार्यालय मोतिपुर खटिएका प्रहरीले आफुमाथि अपशब्द बोल्दै कुटपिट गरेको पीडित भद्र देवकोटाले जानकारी दिए ।

लम्कीचुहा नगरपालिका १ मा रहेका शहिद स्मृती मावि क्वारेन्टाईनमा रहेकालाई सरस्वती माविमा पुगाउन आएका प्रहरीले स्वास्थ्यकर्मी तथा स्वयंसेवक प्रवेश गर्ने गेटबाट आएपछि भान्से भद्र देवकोटाले अर्कोबाट ल्याउन भनि आग्रह गरेका थिए ।
प्रहरीले त भान्से हामीलाई सिकाउछस् भन्दै गाली गलौज गर्दै कृटपिटक गरेको पीडित देवकोटाले बताए । यता कैलाली जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले घटना बारे छानबिन भईरहेको प्रतिक्रिया दिएका छन् ।