
एजेन्सी : साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २२ लाख ६१ हजार नाघेको छ ।

बिज्ञापन



पछिल्लो २४ घण्टामा मात्रै २५ हजार ६९६ जना संक्रमित थपिएका छन् । शुक्रबार बिहानसम्म १ लाख २० हजार ६१५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६७४ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ९ लाख २९ हजार ३२२ जना संक्रमणमुक्त भएका छन् ।उपचार गराइरहेका १२ लाख ११ हजार ४८६ जनामध्ये १६ हजार ४९३ जनाको अवस्था गम्भीर रहेको छ ।