
प्रधानमन्त्री ओलीको आक्रोश–‘कति १० अर्बको हिसाब चाहिएको हो’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरूको खानेकुरा खाने तौरतरिका र भान्छाका कारण रोग प्रतिरोधी क्षमता दह्रो रहेको बताएका छन् ।



बिहीबारको राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने क्रममा नेपालहरूमा इम्युन सिस्टम दह्रो रहेको दोहोर्याएका हुन् । यसभन्दा अगाडि प्रतिनिधिसभामा सांसदरूलाई कोरोना टिप्स दिँदै उनले नेपालीहरूको खानेकुरा खाने तौरतरिका र भान्छाका कारण रोग प्रतिरोधी क्षमता दह्रो रहेको बताएका थिए ।

राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले कोरोनाले छोयो भन्ने बित्तिकै नमरिने बताउँदै तातोपानी खाएर निको हुने दाबी गरे । उनले आत्मविश्वास दह्रो भए कोरोना आफैं पराजित हुने पनि टिप्स दिए ।
“कोरोना भनेको एउटा रुघाखोकी जस्तो हो, लाग्यो भने, हाच्छिउँ गर्नुपर्छ । तातोपानी खाएर निको पार्छ भन्ने सोच्नुपर्छ । कोरोनाले लाँदैन भन्ने सोच्नुपर्छ । उच्च मनोबल राख्नुपर्छ,” उनले भने ।
कोभिड–१९ इज मोर देन इनफ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कोभिड–१९ मोर देन इनफ’ भनेका छन् ।
‘इनफ इन इनफ’ भन्दै भएको सडक आन्दोलनबारे बोल्दै प्रधानमन्त्री ओलीले ‘कोभिड–१९ मोर देन इनफ’ भनेका हुन् ।
बिहीबार राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा भनेका हुन् ।
‘कोभिड–१९ मोर देन इनफ । आउनै नहुने थियो, आयो । रोक्न खोज्यौं, तै पनि आयो,’ उनले भने–‘हदभन्दा पनि बढी आयो । चाहिँदै नचाहिने आयो । सरकारले ल्याएको त होइन ।’