
बिर्तामोड । झापाको झापा गाउँपालिका १ लसुनामा सशस्त्र प्रहरी र भारतीय तस्करहरुबीच घम्साघम्सी परेको छ । गएराती भारतीय तस्करले
हार्डवेयरका सामग्री नेपाल छिराउन खोज्दा सशस्त्रले नदिएपछि गस्तिमा रहेका सशस्त्र र तस्करबीच घम्साघम्सी जस्तो मात्र भएको सशस्त्र प्रहरी बल २ नम्बर गणका गणपति एसपी रेशम थक्सुले बताउनु भयो ।

लसु्नाबासीका अनुसार नेपालभारत सीमामा गस्ती गरिरहेका दुई जना सशस्त्र प्रहरीमध्ये १ जनालाई ४० जनाको समूहमा आएका भारतीयले घिसार्दै १ सय मिटरभित्र पुर्र्यासकेका थिए । सशस्त्र प्रहरीले बचाऊ बचाऊ भन्दै गुहार मागेपछि स्थानीयबासीले भारतीयको हातबाट बचाएको स्थानीय अगुवाले जानकारी दिए ।



सशस्त्रलाई भरतीय तस्करहरुले घिसार्दै लगेछन नी ? भनि सोधिएको प्रश्नमा एसपी थक्सुले यस्तो जबाफ दिनु भएको हो । वहाँले सशस्त्रले तस्करहरुलाई रोक्ने काम गरेको प्रष्ट पार्नु भयो ।

सशस्त्र प्रहरीका एसपी रेशम थक्सुले सो स्थानबाट ठुलो परिमाणमा मोटरपार्टस र सुर्ति बरामद गरिएको जानकारी दिए । उनका अनुसार तस्करले नेपाली भूभागमा तस्करी गरेर ल्याएका सामान छरेका थिए । खेतबारी र बाटो छेउछाउमा सामान छर्नेहरुलाई सुरक्षाले तस्करी गर्न नदिएको जानकारी दिए । तस्करबाट सामान खोस्दा घम्साघम्सीसम्म भएको उनको भनाई छ ।
वहाँका अनुसार तस्करले नेपाली भूभागमा तस्करी गरेर ल्याएका सामान छरिएका छन्। यो घटनाले लसुना क्षेत्रमा भारतीयको दादागिरी नियन्त्रणमा अझै समस्या भइरहेको देखिएको छ ।