
दमक। झापाको दमक बजार अब बन्द नहुने भएको छ । प्रत्येक शुक्रबार बन्द हुँदै आएको बजार आगामी छठ पर्व सम्मका लागि खुल्ला गरिएको छ । शुक्रबार पनि बजार खुल्ने भएपछि दमकका व्यापारी व्यवसायीहरुलाई केहि राहत भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि सरकारले लकडाउन घोषणा गरेपछि बन्द व्यापार व्यवसाय केहि दिन देखी खुल्न थालेका छन् । लकडाउनका कारण व्यापार व्यवसायमा ठूलो क्षति पुगेको भन्दै अब छठ सम्म बजार बन्द नहुने दमक उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्काले जानकारी दिनु भयो ।



वहाँका अनुसार बाणिज्य संघले यस विषयमा निर्णय नै गरिसकेको छ । दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले आज एक विज्ञप्ती निकाल्दै बजार खुल्ला रहने विषयमा जानकारी गराउने बताउनु भयो ।

साथै वहाँले अन्य विषयलाई पनि जोडेर विज्ञप्ती तयार गरिने बताउनु भयो । यद्यपी बढी भीडहुने होटल रेष्टुरेन्ट तथ सिनेमा हलहरु भने सरकारले निर्णय नगरे सम्म खुल्ने छैनन् ।