कर्णालीमा कोरोनाबाट मृत्यु भए एक लाख राहत

कालीकोट – प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७/०७८ को लागि बजेट पेस गर्नुभएको छ ।

बजेटमा कोरोनाबाट कर्णालीमा कसैको मृत्यु भएमा एक लाख रुपैयाँ राहत स्वरुप उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।

बिज्ञापन

कोरोनाविरुद्धको लडाइँमा जनचेतना जगाउन स्वास्थ्य स्वयंसेविकालाई खटाइने भएको छ । स्वयंसेविकालाई प्रदेश सरकारले दिइरहेको प्रोत्साहन भत्ता नियमित गरेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले बताउनुभयो । प्रोत्साहन भत्ताको लागि चार करोड रुपैयाँ विनियोजन गरिएको छ ।

कोभिड १९ लाई परास्त गर्न खटेका सबैलाई उचित प्रोत्साहन दिइने, स्वास्थ्यकर्मीलाई सुरुको तलबको एक सय प्रतिशत तथा सरसफाइकर्मी, सुरक्षाकर्मी र सवारी चालकलाई पचास प्रतिशत भत्ता दिन बजेट विनियोजन गरिएको मन्त्री ज्वालाले बताउनुभयो ।

एक अर्ब पचास करोड ५८ लाखको कोभिड कोष परिचालन गरिने मन्त्री ज्वालाको भनाइ छ ।