अन्तरिक्षमा होटेल बनाउँदै नासा

पृथ्वीमा बनेका एक से एक उत्कृष्ट तथा अचम्म लाग्दा होटलहरुका बारेमा त सुनिएकै हो । कतिपय होटल समुद्रमुनि र कतिपय होटल जमिनमुनि समेत बनेका छन् ।

तर यी सबै खालका होटलहरुलाई माथ दिँदै अमेरिकाले अन्तरीक्षमा एउटा होटल निर्माण गर्दैछ ।

बिज्ञापन

हो, अमेरिकी अन्तरीक्ष संस्था नासाले अन्तरीक्षमा होटल बनाउने तयारी गरेको छ । अन्तरीक्षको मध्यस्थानमा बन्ने अमेरिकी होटल एएटा सानो स्टुडियो अपार्टमेन्ट जत्रै हुनेछ । सन् २०२३ सम्ममा उक्त होटलको निर्माण सम्पन्न हुने बताइउको छ ।

यसका लागि नासाले नर्थरोप ग्रुम्यान स्पेस नामक संयन्त्र खडा गरेको छ । त्यसले अन्तरीक्ष यात्राका क्रममा बसोबास तथा बन्दोबस्तीको लागि एउटा गेष्ट हाउस निर्माण गर्नेछ । उक्त होटल गेष्ट हाउसको नाम ह्याबिटेसन एण्ड लजिस्टिक आउटपोष्ट (ह्यालो) राखिएको छ ।

यो होटलले एकातर्फ चन्द्रमा र पृथ्वीको बीचमा रहेका अन्तरिक्षयानहरुलाई जोड्ने केन्द्रको रुपमा काम गर्नेछ भने अर्कोतर्फ चन्द्रमाको परिक्रमा गर्ने स्पेस स्टेसनमा जाने अन्तरीक्षयात्रीका लागि बासस्थानको काम गर्नेछ ।

स्मरण रहोस् अमेरिकाले सन् २०२३ देखि चन्द्रमाको अन्वेषणका लागि चन्द्र कक्षमा घुम्ने नासा गेटवे नामक स्पेस स्टेसनको स्थापना गर्नेछ ।

अन्तरीक्षमा बन्ने उक्त ‘होटल’ चन्द्रमाको दिगो अन्वेषणको क्षेत्रमा महत्वपूर्ण कोशेढुङ्गा बन्ने नासाका आधिकारीले जनाएका छन् । साथै यसले मंगल ग्रहमा मानिस पठाउने भविष्यको योजनामा समेत सहयोग गर्ने विश्वास नासाको छ ।

नासाले सन् २०२४ सम्ममा चन्द्रमामा मानिस पठाउने गरी आर्टेमिस नामक परियोजनाको सुरुवात गरेको छ। उक्त योजना अन्तर्गत पहिलोपटक चन्द्रमामा एकजना महिला अन्तरीक्षयात्री पठाउने योजना नासाको छ ।

अन्तरीक्षमा बनाइने उक्त होटलको लागत साढे १८ करोड डलर हुने बताइएको छ । एजेन्सीको सहयोगमा